नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने मन्त्रिपरिषद्को निर्णय

बिजमाण्डू
२०८० साउन ३ गते १३:४४ | Jul 19, 2023
नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं। सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने बजेटको व्यवस्था कार्यान्वयनका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।

Tata
GBIME

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर छुटबारे सूचना प्रकाशन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सरकारले जेठ १५ गते बजेटमार्फत नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्दा कुनै पनि शुल्क र दस्तुर नलिने घोषणा गरेको थियो।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको इटाली भ्रमण स्वीकृत गरेको छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम, स्टकटेकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री दाहाल इटाली जाने भएका हुन्।

उक्त कार्यक्रम यही जुलाई २४ देखि २६ सम्म इटालीको रोममा हुँदैछ। प्रधानमन्त्री दाहालसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसाल पनि जानेछन्। रासस