कुमारी क्यापिटलको सीइओमा पुष्प शर्मा, व्यवसाय विस्तार र सर्वोत्कृष्ट सेवा दिने

बिजमाण्डू
२०८० साउन १ गते १७:२२ | Jul 17, 2023
कुमारी क्यापिटलको सीइओमा पुष्प शर्मा, व्यवसाय विस्तार र सर्वोत्कृष्ट सेवा दिने

काठमाडौं। कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन्। आइतबार बसेको संचालक समितिको बैठकले शर्मालाई चयन गरेको हो।

Tata
GBIME

सीइओ शर्मा यसअघि कुमारी क्यापिटलमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा थिए। त्यसअघि नेपाल एसबीआई मर्चेण्ट बैंकिङमा आवद्ध थिए। उनले त्यहाँ प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हालेका हुन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा १३ वर्षभन्दा लामो अनुभव भएका सीइओ शर्माले सोमबारदेखि पद सम्हालेका छन्। उनको कुशल व्यवस्थापकीय क्षमताले क्यापिटलको व्यवसाय विस्तार हुने कम्पनीको दाबी छ।