सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो, वैदेशिक रोजगारीमा गएकाहरुले भर्न मिल्ने

बिजमाण्डू
२०८० साउन १ गते ०९:३२ | Jul 17, 2023
सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो, वैदेशिक रोजगारीमा गएकाहरुले भर्न मिल्ने

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले सोमबारदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई प्रिमियममा आइपीओ बिक्री खुलाएको छ। 

Tata
GBIME

श्रमिकहरुले ९ लाख ६० हजार कित्ताका लागि आवेदन दिन मिल्नेछ। इन्स्योरेन्सले अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर आइपीओ जारी गर्दैछ। 

२३९ रुपैयाँका दरले न्यूनतम १० देखि २० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। आवेदन दिने अन्तिम मिति साउन १५ गते तोकिएको छ।