
काठमाडौं। सरकारले काम सम्पन्न भएका आयोजनाको ५० अर्ब भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायीले शुक्रबार धर्ना दिएका छन्।
नेपाल निर्माण व्यवसायी महासंघको अगुवाईंमा माइतीघर मण्डलामा धर्ना दिएका हुन्। सरकारले असार मसान्तसम्म पनि व्यवसायीहरूको ठूलो रकम भुक्तानी नगरेकोले धर्ना दिइएको हो।
कार्यक्रममा महासंघका सदस्य, कार्यसमितिका सल्लाहकार, पदाधिकारी, एशोसिएट सदस्यहरु थिए।







महासंघका अध्यक्ष रवि सिंहले काम सकिएपछि पनि भुक्तानी दिन आलटाल गरेरपछि विरोध कार्यक्रम गरिएको बताए।