सांग्रिला होटल अगाडि खुल्यो भियतनामी रेष्टुरेन्ट फो-९९, मसला र तेल कम भएको यस्तो छ खाना

बिजमाण्डू
२०८० असार २८ गते १५:४४ | Jul 13, 2023
सांग्रिला होटल अगाडि खुल्यो भियतनामी रेष्टुरेन्ट फो-९९, मसला र तेल कम भएको यस्तो छ खाना

काठमाडौं। भियतनामी खानाका पारखीका लागि नवीन सारुले झण्डै १२ वर्षअघि फो-९९ रेष्टुरेन्ट खोलेका थिए। उनले भियतनामी पर्यटकलाई लक्षित गर्दै खोलेको यो रेष्टुरेन्ट विस्तारको क्रममा छ।

Tata
GBIME
Nepal Life

उनले बौद्ध, झम्सिखेल हुँदै लाजिम्पाटमा पनि यो रेष्टुरेन्टको आउटलेट खोलेका छन्। लाजिम्पाटको सांग्रिला होटल अगाडि रहेको रेष्टुरेन्टको उद्घाटन नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत एवं नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गरे।

सुरुमा भियतनामी खानाका बारेमा धेरै नेपाली जानकार थिएनन्। तर रेष्टुरेन्ट खुलेपछि नेपालीले समेत भियतनामी खानालाई रुचाएको सारु बताउँछन्।

‘सुरुमा हामीले भियतनामी पर्यटक र अन्य पर्यटकलाई लक्षित गरेर रेष्टुरेन्ट खोलेका थियौं। तर विस्तारै नेपालीले पनि भियतनामी खाना मनपराउन थाल्नुभयो,’ उनले बिजमाण्डूसँग भने, ‘त्यही भएर हामीले आउटलेट विस्तार गरेका हौं।’ भियतनाममा सबैभन्दा मनपराइने खाना फो हो। फो नुडल्स चिकेन, मटन र पोर्कको स्वादमा पाइन्छ। रेष्टुरेन्टमा राइस नुडल्स पनि छ।

मसला र तेल कम हालिएको खानामा सससहित खान सकिने फरक स्वादका परिकार भएकाले नेपालीको पनि रोजाईंमा परेको उनी बताउँछन्।

पेस भेजिटेबल र जडिबुटी मिसाएर राइसपेपरले र्‍याप गरिएको समर रोल पनि नेपालीले मनपराएको सारुको दाबी छ। उनका अनुसार पोर्क, चिकेन र भेजिटेबल स्वादमा पाइने ‘बुन थिट’ पनि राम्रै जान्छ।

भियतनामी कफी र नरिवलको जुस पनि यो रेष्टुरेन्टको आकर्षण हो। पपैया सलाद, सी फुड्स, ग्रीन चिकेन सलाद र श्रृम्पले पनि नेपालीलाई तान्ने गरेको छ।