सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै

बिजमाण्डू
२०८० असार २४ गते १०:१८ | Jul 9, 2023
सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्दै


काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी थालेको छ। कार्यालयले आइतबार एक सूचना जारी गर्दै समयमा काम सम्पन्न नगर्ने २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न लागिएको जनाएको छ।

Tata
GBIME

कार्यालयले यी निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्न नपर्ने कारण भएमा कारण पेष गर्न निर्देशन दिएको छ। कार्यालयले कालोसूचीमा राख्न लागिएका सबै कम्पनीलाई ७ दिनभित्र कारण पेष गर्न समय तोकेको छ।

यसमा विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा कार्यालयले कालोसूचीमा राख्ने तयारी थालेको हो। सार्वजनिक निकायको सिफारिसमा मात्र खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने गर्छ।

जसमा सिरुवा कन्सट्रक्सन, खहरेखोला इन्टरप्राइजेज, पुतलीकाठ निर्माण सेवा, लामा बुद्ध निर्माण तथा सामाग्री सप्लायर्स, एक्सन बिल्डर्स, नुरी कन्स्ट्रक्सन, शिवालय बिल्डर्स, अन्तरा इन्टरनेशनललाई कालोसूचीमा राख्न लागिएको हो।

यस्तै, तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राप्रोजेक्ट, आरडी सप्लायर्स, महेन्द्र निर्माण सेवा, नागर्जुन-शंकरमाली जेभी, अन्जल निर्माण सेवा, अनुस्थान कन्स्ट्रक्सन, एके एस कन्स्ट्रक्सन, काश्याप/ अर्भान जेभी, ति ई भू निर्माण सेवा, आईएसजी इन्फरमेसन सर्भिस ग्रुप अमेरिकाज इंक, रुपन्देही बिल्डर्स एण्ड कन्स्ट्रक्सन, योद्धा निर्माण सेवा र इको भिजिनरी रहेका छन्।