चीनको सियान-काठमाडौं सिधा हवाई उडान हुने, तिब्बत एयरलाइन्सले पुन: उडान गर्दै

बिजमाण्डू
२०८० असार २२ गते १५:०२ | Jul 7, 2023
चीनको सियान-काठमाडौं सिधा हवाई उडान हुने, तिब्बत एयरलाइन्सले पुन: उडान गर्दै


सांघाई। आइतबारदेखि तिब्बत एयरलाइन्सले सियान-काठमाडौं रुटमा सिधा उडान पुन: सुरु हुने भएको छ। एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफर ल्याएको छ।

Tata
GBIME
NLIC

सियानबाट काठमाडौंको एकतर्फी यात्राका लागि १२ हजार ६०० (६९० युयान) मात्र र सियान-काठमाडौं-सियान दुईतर्फी यात्राको १८ हजार रुपैयाँ (९९० युयान) तय गरेको छ। यो अफर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइनेछ।

एयरलाइन्सले काठमाडौंसहित नेपालका पर्यटकीय गन्तव्यको बारेमा चिनियाँ भाषामा जानकारी दिँदै उडान संचालन गर्ने जनाएको छ।

यसअघि काठमाडौंदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान पुन: सुचारु भएको छ। त्यस्तै, सांघाईबाट पनि सिधा उडानको तयारी भइरहेको छ।