
काठमाडौं। सोल्टी होटल अन्तर्गत काकोरी रेष्टुरेन्टले बिहीबारबाट राजस्थानको रैथाने परिकार सुरु गरेको छ। कोभिडपछि राती मात्रै सेवा दिने यो रेष्टुरेन्टले लन्च मेन्यु अन्तर्गत ‘राजस्थानी थाली’ सुरु गरेको होटलकी मार्केटिङ एक्जिक्युटिभ शशी खतिवडाले बताइन्।
‘आजबाट हामीले दिउँसोको सेवा पुनः सुरु गरेका छौं। अरु परिकार सँगै हामीले राजस्थानी थालीलाई विशेष मेन्युमा राखेका छौं। यो शुद्ध शाकाहारी खाना हो,’ उनले भनिन्,’ साउनलाई लक्ष्य गरेर पनि यो मेन्यु ल्याएका हौं।।’

राजस्थानी थालीको स्वाद पस्किन होटलले केही समयअघि दुई दशकको अनुभव बटुलेका नरेश शर्मालाई एक्जिक्युटिभ सेफमा भित्र्याएको होटलले जनाएको छ। शर्मा राजस्थानकै रैथाने हुन्।
२८ सय रुपैयाँ मूल्य निर्धारण गरिएको यो थाली सेटमा पाहुनाले चार किसिमको तरकारी, दुई किसिमको रोटी, दालवाटी चुर्मा, राइता, चार किसिमको अचार, दुई किसिमको स्टार्टर, पनिर टिक्का, कबाब डेजर्टमा मोहन थालको परिकारको स्वाद लिन सक्ने एक्जिक्युटिभ शर्माले जानकारी दिए।

पाहुनाले राजस्थानी शैलीमा ढुंग्री पापड टोक्री, प्याज कचोरी, लसुन पनिर टिक्का, साङ्ग्रीकी स्वामी, कुठिया सब्जी, मटर पनिर, दाना मेथी र किसमिसको सब्जी, जयपुरी मिर्ची टिपोरा, गट्टेकी सब्जी, दालवाटी चुर्मा, केसरिया पुलाउ, मेथि थेप्ला, वाज्री रोटी, पुदिना अचार, अचार, खजुर अचार, बुन्दी राइता, मुठिया प्याज लगायत परिकारको स्वाद लिन सक्ने उनले जानकारी दिए।
उनका अनुसार थालीमा विशेष गरि हरियो परियो सब्जी, घिउ, कोदो, मकै, गहुँ, मेथिको दाना र मथानिया खुर्सानी हुन्छ।

होटलले ग्राहकको माग अनुसार राजस्थानी परिकार सेवा दिने उद्धेश्यले यो परिकार दिउँसो लन्च मेन्युमा समावेश गरिएको मार्केटिङ एक्जिक्युटिभ खतिवडाले बताईन्।