निजी क्षेत्रको कर्जा बिस्तारलाई प्राथमिकता दिने मौद्रिक नीति आउनुपर्छ: सीएनआइ अध्यक्ष

बिजमाण्डू
२०८० असार २१ गते १६:४७ | Jul 6, 2023
निजी क्षेत्रको कर्जा बिस्तारलाई प्राथमिकता दिने मौद्रिक नीति आउनुपर्छ: सीएनआइ अध्यक्ष


काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रको कर्जा बिस्तारलाई प्राथमिकता दिएर आगामी मौद्रिक नीति ल्याउनुपर्ने सुझाएका छन्।

Tata
GBIME
NLIC

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिको पूर्वसन्ध्यामा आयोजना गरेको संयुक्त कार्यक्रममा बोल्दै उनले लक्षित ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न निजी क्षेत्रको कर्जा बिस्तारलाई ध्यान दिनुपर्ने उल्लेख गरे।

चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले १२.६ प्रतिशत राखेको कर्जा बिस्तार वैशाखसम्म ३.३ प्रतिशत मात्रै भएको भन्दै उनले यसमा राष्ट्र बैंक केन्द्रित हुनुपर्ने सुझाव दिए।

उनले ब्याजदर एकल अंकमा झार्न पनि आग्रह गरेका छन्। मौद्रिक औजारहरुको उचित व्यवस्थापन गरी उपलब्ध तरलता र ब्याजदर सहज स्थितिमा राख्न आग्रह गरे। यसो गरे अर्थतन्त्रको माग बढ्ने उनको दाबी छ।

‘राष्ट्र बैंकले अहिले दोहोरो मौद्रिक नीति अवलम्बन गर्नुपर्ने आवशयकता छ। महँगीदर नियन्त्रण गर्न कसिलो मौद्रिक नीति चाहिएको छ भने आर्थिक वृद्धि दर हासिल गर्न र रोजगारी सृजना गर्न खुकुलो मौद्रिक नीति चाहिएको हो,’ अग्रवालले भने।