सुनको मूल्य लगातार घट्दै, तोलाको १०९४०० रुपैयाँ कायम, किन घट्दैछ मूल्य ?

बिजमाण्डू
२०८० असार १४ गते १४:२० | Jun 29, 2023
सुनको मूल्य लगातार घट्दै, तोलाको १०९४०० रुपैयाँ कायम, किन घट्दैछ मूल्य ?

काठमाडौं। सुनको मूल्य लगातार घट्न थालेको छ। सुनको मूल्य विहीबार ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य विहीबार तोलाको एक लाख ९ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

बुधबार पनि सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख १० हजारमा कारोबार भएको थियो।चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। बिहीबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकोले स्थानीय बजार प्रभावित भएको हो। बुधबार प्रतिऔंस १९१५.२७ डलर रहेको सुन बिहीबार घटेर प्रतिऔंस १९०५.०३ डलर भएको छ।