जार तथा बोतलको पानी बेच्ने व्यापारीमाथि एक्सन, इजाजत नलिए र बिल नदिए कारवाही

बिजमाण्डू
२०८० असार १४ गते १४:१३ | Jun 29, 2023
जार तथा बोतलको पानी बेच्ने व्यापारीमाथि एक्सन, इजाजत नलिए र बिल नदिए कारवाही

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जार व्यवसायी तथा ढुवानीकर्तालाई व्यवसायिक इजाजत पत्र र बिलबिजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ।

Tata
GBIME

पछिल्लो समय बोतल तथा जारको पानी व्यवसायी तथा ढुवानीकर्ता व्यवसाय दर्ताका साथै बिलबिजक जारी नगरेको गुनासो आएपछि निर्देशन दिएको विभागका निर्देशक होमनाथ भट्टराईले बताए। 

उनले भने, ‘जार तथा बोतलको पानी ढुवानी तथा बिक्रीवितरण गर्ने व्यवसायलाई व्यवस्थित बनाउन हामीले यो निर्देशन जारी गरेका हौँ। केहीलाई हामीले कारवाही पनि गरेका छौँ।’ 

उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद- ३ मा तोकिए बमोजिमको आ-आफ्नो दायित्व एवं भूमिका निर्वाह गरेर व्यवसायमा संलग्न रहन विभागलेले निर्देशन दिएको हो। 

निर्देशन विपरित काम भएमा  उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम हदैसम्मको कारवाही गरिने उनले बताए। विभागले उपभोक्ता वर्गलाई समेत पिउने पानी खरिद गर्दा लेवल र जारको गुणस्तर राम्रो रहे, नरहेको एकिन गरेर उपभोग गर्न आग्रह गरेको छ।