
काठमाडौं। निर्माण व्यवसायीहरुले निर्माण व्यवसायी कोषमा पैसा जम्मा गर्नै छाडेका छन्। भौतिक पूर्वाधार मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले सूचना जारी गर्दै निर्माण व्यवसायीहरुलाई पैसा जम्मा गर्न ताकेता गरेको हो।
सार्वजनिक निर्माण कार्यको गुणस्तर र निर्माण व्यवसायीहरुको कार्यक्षमतामा वृद्धिसहित उनीहरुलाई आवश्यक सेवा र सहयोग गराउन उक्त कोष निर्माण व्यवसायी ऐन अनुसार खडा गरिएको थियो।
कोषमा निर्माण व्यवसायीहरुले ठेक्का सम्झौता रकमको ०.१० प्रतिशत अनिवार्य रुपमा जम्मा गर्नुपर्ने प्रावधान छ।