
काठमाडौं। कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड आइपीओ निष्कासनको स्वीकृति माग्दै धितोपत्र बोर्ड पुगेको छ। कान्तिपुर टेलिभिजनले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्न अनुमति मागेको हो।
सँगै सानिमा हाइड्रोपावर लिमिटेडले पनि आईपीओ निष्काशन गर्न निवेदन दिएको छ। कान्तिपुर टेलिभिजनले जेठ २८ गते र सानिमा हाइड्रोपावर जेठ २६ गते बोर्डमा आवेदन दिएका हुन् ।
सानिमा हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि २४ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ। दुवै कम्पनीले सेयर निष्काशन तथा बिक्रीको प्रबन्ध मिलाउन सानिमा क्यापिटललाई नियुक्त गरेका छन्।