बालाजीले भारतमा सिमेन्ट निकासी थाल्यो, उत्तर प्रदेशको सिद्धार्थनगरमा ४२ टन बिक्री

बिजमाण्डू
२०८० जेठ २९ गते २१:०५ | Jun 12, 2023
बालाजीले भारतमा सिमेन्ट निकासी थाल्यो, उत्तर प्रदेशको सिद्धार्थनगरमा ४२ टन बिक्री

काठमाडौं। बालाजी सिमेन्टले बहुबली र श्रृष्टि ब्राण्डका पीपीसी सिमेन्ट भारत निकासी सुरु गरेको छ। भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड पाएसँगै उद्योगले सिमेन्ट निकासी सुरु गरेको हो।

Tata
GBIME

उद्योगले पहिलो चरणमा भारत उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लामा रहेको क्लासिक इन्टरप्राइजेजलाई ४२ टन सिमेन्ट बेचेको हो। कपिलवस्तुको कृष्णनगर नाकाबाट सिमेन्ट निकासी भएको हो। चालु आर्थिक वर्षको बजेटमा सिमेन्टलाई ८ प्रतिशत नगद अनुदान दिएका कारण भारतमा निकासी सम्भव भएको हो।

उद्योगका संस्थापक सन्दीपकुमार गाडिया आर्थिक मन्दीबाट गुज्रिरहेको बेला सिमेन्ट निकासी गर्न पाउँदा आशाको दियो संचार भएको बताए।

बालाजीबाट दैनिक १ हजार ६ सय टन सिमेन्ट उत्पादन भइरहेको कम्पनीका प्रवन्ध निर्देशक ऋषिकेश अग्रवालले बताए।  यो उद्योग २०७७ सालमा स्थापना भएको हो।