एपेक्स मकालु हाइड्रोले आइपीओ जारी गर्ने, २२ मेगावाटको आयोजना बनाउँदै

बिजमाण्डू
२०८० जेठ २५ गते १२:०१ | Jun 8, 2023
एपेक्स मकालु हाइड्रोले आइपीओ जारी गर्ने,  २२ मेगावाटको आयोजना बनाउँदै

काठमाडौं। एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर जारी गर्ने भएको छ। आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा डाकेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले जारी पुँजीको २० प्रतिशत आइपीओ जारी गर्न प्रस्ताव गरेको हो। असार ८ गते सभा डाेकको हो।

एपेक्स मकालुले २२ मेगावाट जडित क्षमता भएको मिड हानगु खोला ए जलविद्युत आयोजना निर्माण गर्दैछ। आयोजना सोलुखुम्बु जिल्लामा छ। वार्षिक १३०.१७ गिगावाट आवर विद्युत उत्पादनको लक्ष्य छ।

आयोजनाको अनुमानित लागत ४ अर्ब ३६ करोड रुपैयाँ छ। १९ करोड ८१ लाख रुपैयाँ प्रति मेगावाट लागत हुने अनुमान छ।

हाल आयोजनामा संस्थापकहरुको २५ प्रतिशत पुँजी लगानी भएको छ। जसमध्येको ४० प्रतिशत सिनर्जी पावर डेभलपमेन्टले लगानी गरेको हो। बाँकी ७५ प्रतिशत कर्जा लिएको छ। 

कम्पनीको अध्यक्षता विष्णुराज अधिकारीले गरिरहेका छन्।