सेयर बजारको भोगाइ र कल्पनाका आधारमा तयार ‘सेयरपुर’ उपन्यास सार्वजनिक

बिजमाण्डू
२०८० जेठ २३ गते १५:४० | Jun 6, 2023
सेयर बजारको भोगाइ र कल्पनाका आधारमा तयार ‘सेयरपुर’ उपन्यास सार्वजनिक

काठमाडौं। सेयर बजार र लगानी सम्बन्धि भोगाइ र कल्पनका आधारमा पूर्व आर्थिक पत्रकार नारायण सापकोटाले ‘सेयरपुर’ नामक उपन्यास सार्वजनिक भएको छ।

Tata
GBIME
Nepal Life

आर्थिक पत्रकारहरु माझ उनको पुस्तकको औपचारिक विमोचन गरिएको छ। लामो समय नेपालमा पत्रकारिता गरेका सापकोटा एक दशकयता अमेरिकामा छन्। 

नेपालमा छँदा सेयर बजार, वित्त र बैंकिङ सम्बन्धि रिपोर्टिङ गरेका उनी अहिले अमेरिकामा त्यहाँको सेयर बजारमा लगानी गर्छन्। उनी आर्थिक पत्रकारहरुको छाता संगठन आर्थिक पत्रकार समाज (सेजन) को पूर्व अध्यक्षसमेत हुन्।

२६० पृष्ठ लामो उपन्यासमा उनले सेयर बजारमा गरिने लगानी प्रवृत्ति, नाफा/घाटापछि लगानीकर्ताको मनोविज्ञानका बारेमा कथानक पाराले अनुभवहरु साट्ने काम गरेका छन्।

पुस्तकको मूल्य ५०० रुपैयाँ तोकिएको छ। देशभरका मुख्य पुस्तक पसलमा सजिलै किन्न पाइने उनले जानकारी दिए।