नेपाल रिको निर्जीवन बीमाको नाफा ३८%ले बढ्यो, जीवनतर्फको व्यवसाय भने घाटामा

बिजमाण्डू
२०८० जेठ २३ गते १३:०८ | Jun 6, 2023
नेपाल रिको निर्जीवन बीमाको नाफा ३८%ले बढ्यो, जीवनतर्फको व्यवसाय भने घाटामा

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको निर्जीवन बीमा व्यवसायको नाफा ३८.१८ प्रतिशतले बढेको छ। जीवन बीमातर्फको व्यवसायमा भने नोक्सान बढ्दै गएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा जीवन र निर्जीवन व्यवसायतर्फको नाफा गत वर्षको भन्दा बढेको देखिएको हो।

कम्पनीले निर्जीवन व्यवसायतर्फ दोस्रो त्रैमासमा ४६ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष सो अवधिमा ३६ करोड रुपैयाँको नाफा कमाएको थियो।

जीवन व्यवसायतर्फ भने घाटामा गएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म घाटा १७ करोड रुपैयाँ छ। गत वर्षको दोस्रो त्रैमासमा ४ करोड भन्दा बढी घाटामा गएको थियो।

पुस मसान्तसम्म कम्पनीले निर्जीवन बीमा व्यवसायबाट एक अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिमा निर्जीवन व्यवसायबाट ४अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीले जीवन व्यवसायतर्फ एक अर्ब रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यस व्यवसायको बीमाशुल्क आर्जन ७८करोड रुपैयाँ थियो।

त्यस्तै, निर्जीवन व्यवसायतर्फ एक अर्ब ९९ करोड र जीवन तर्फ ८२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीले अझै एक अर्ब ३८ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषमा निर्जीवनतर्फ ५ अर्ब ८९ करोड र जीवन व्यवसायतर्फ २८ करोड रुपैयाँ संचित छ। निर्जीवन व्यवसायको बीमा कोषमा २५ करोड रुपैयाँ जम्मा छ। जीवन व्यवसायको बीमा कोष उल्लेख गरिएको छैन।

कम्पनीले लगानी कर्जा तथा अन्यबाट निर्जीवन व्यवसायतर्फ ७० करोड रुपैयाँ र जीवन व्यवसाय तर्फ ४१ लाख रुपैयाँ आय गरेको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७४.६४ रुपैयाँ कायम छ।

किन घट्दै गयो व्यवसाय?

पछिल्लो समय नेपाल बीमा प्राधिकरणको निर्देशनका कारण व्यवसायमा असर परेको नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शकंर रायमाझीले बताए।

प्राधिकरणले नेपाल रि इन्स्योरेन्सको कारोबारको आधा हिस्सा हिमालयन रिइन्स्योरेन्सलाई दिएको थियो। यसैकारण यति बेला संचालनमा रहेका बीमा कम्पनीहरुले व्यवसायको नवीकरण नेपाल रि इन्स्योरेन्स र हिमालयन दुवैमा गर्न थालेपछि यसको असर नेपाल पुनर्बीमाको व्यवसायमा परेको उनको भनाइ छ।

‘कम्पनीहरुबाट विवरणहरु आउनै बाँकी छ। अर्को मसान्तदेखि व्यवसायमा केही सुधार आउला,’ प्रमुख रायमाझीले भने।