
काठमाडौं। सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा तोलामा ९ सय रुपैयाँले बढेको हो। मंगलबार सुनको कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। ५ रुपैयाँले बढ्दा प्रतितोला १४ सय २० रुपैयाँ भएको छ।
सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ थियो। सुनचाँदीको मूल्य लगातार उच्च भइरहँदा कारोबार न्यून रहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको सुनको मूल्य पुन: बढेको छ। सोमबार १९४५.१३ डलर रहेको सुन मंगलबार बढेर प्रतिऔंस १९६०.९५ डलरमा कारोबार भइरहेको छ।
यसैगरी मंगलबार चाँदी प्रतिऔंस २३.६५ डलर छ। यो सोमबारकै हाराहारी मूल्य हो।