नेपाल-भारतबीच क्रसबोर्डर भुक्तानी सम्झौता, एनसीएचएल र एनआइपीएलबीच भयो एमओयू

बिजमाण्डू
२०८० जेठ १८ गते १५:२८ | Jun 1, 2023
नेपाल-भारतबीच क्रसबोर्डर भुक्तानी सम्झौता, एनसीएचएल र एनआइपीएलबीच भयो एमओयू

काठमाडौं। नेपाल र भारतबीच क्रसबोर्डर भुक्तानीका लागि सम्झौता भएको छ। जसका नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का सीइओ निलेशमान सिंह प्रधान र भारतको तर्फबाट एनपीसीआइ इन्टरनेसनल पेमेन्ट्स लिमिटेड एनआइपीएलका सीइओ रितेश शुक्लाले हस्ताक्षर गरेका छन्।

Tata
GBIME
Nepal Life

सम्झौतासँगै अब नेपाल र भारतबीचको विद्युतीय भुक्तानी थप सहज हुने विश्वास लिइएको छ। सम्झौतापछि विभिन्‍न प्रयोजनले भारत र नेपाल आउजाउ गर्नेहरुलाई बैंकिङ कारोबारमा थप सहजता थपिने देखिन्छ।

नेपालबाट रोजगारी, व्यापार व्यवसाय, उपचार, घुमघाम, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि भारत जाने गरिएको छ। यसका साथै भारतबाट समेत नेपालमा पर्यटक, व्यापार व्यवसायसहित अन्य प्रयोजनका लागि नेपाल आउने गर्छन्।

अहिलेसम्म भारत नेपालबीच सहज बैंकिङ कारोबार गर्न सक्ने अवस्था थिएन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै क्रममा क्रमबोर्डर भुक्तानी सम्झौता भएसँगै अब दुई देशबीचको बैंकिङ कारोबार सहज हुने अपेक्षा गरिएको छ।

भारतीय प्रधानमन्त्री मोदीले ‘क्रस बोर्डर डिजिटल पेमेन्ट’को माध्यमबाट ‘फाइनानसियल कनेक्टिभिटी’ हुँदा भारतमा रहेका हजारौं नेपालीले लाभ लिन सक्ने बताए।

‘विद्यार्थी, पर्यटक, तीर्थयात्री र मेडिकल ट्रिटमेन्टको लागि पनि उपयोगी हुन्छ। दुई देशबिच आर्थिक कनेक्टिभिटी सुदृढ हुनेछ,’ मोदीले भने।

सम्झौतासँगै दुई देशबीच मोबाइल वालेट र क्यूआर कोडबाटै भुक्तानी गर्न मिल्ने बताइएको छ।