
काठमाडौं। सरकारले बजेटमार्फत आन्तरिक उडान सेवामा पहिलोपटक भ्याट अनिवार्य गरेको छ। अब हवाई भाडा १३ प्रतिशत महँगो हुनेछ।
बजेटमा जहाजको इन्जिन र पार्टपुर्जामा समेत भ्याट लगाइएको छ। बजेटमा भ्याट लागेपछि नेपाल वायुसेवा संचालक संघले आकस्मिक बैठक डाकेको छ। संघको कार्यालयमा भइरहेको छलफलमा भ्याट छुटको व्यवस्था कार्यान्वयन नगर्न सरकारलाई आग्रह गर्नुपर्ने मत आएको छ।
हाल आन्तरिक तर्फ उडान गर्दै आएका बुद्ध, यती, श्री, सौर्य, गुण, तारा, सीता, समिट लगायत वायुसेवा कम्पनीले फ्युल सरचार्ज, विमानस्थल सेवा शुल्क, हवाई भाडादरलाई गाभेर शुल्क लिँदै आएको छ।
काठमाडौंबाट हुने उडान गन्तब्य | उडान समय | अधिकतम भाडादर |
पर्वतीय उडान | ६४ मिनेट | ११,६२८ |
विराटनगर | ४५ मिनेट | ८,१३७ |
भैरहवा | ३८ मिनेट | ६,९७६ |
नेपालगञ्ज | ६१ मिनेट | ११,०४४ |
पोखरा | ३० मिनेट | ५,३७७ |
धनगढी | ८३ मिनेट | १४,९६७ |