संघीय संसदको संयुक्त बैठक आज ११ बजे बस्दै, यस्तो छ कार्यसूची

बिजमाण्डू
२०८० जेठ १४ गते ०९:५६ | May 28, 2023
संघीय संसदको संयुक्त बैठक आज ११ बजे बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं। आइतबार संघीय संसदको संयुक्त बैठक बस्दैछ। बिहान ११ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बोलाइएको छ।

Tata
GBIME

आजको बैठकमा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बठैक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदन माथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरुलाई सदनमा निर्णयार्थ प्रस्तुत गरिनेछ।

यस्तै, प्रधानले नै ‘संघीय संसदको संयुक्त बठैक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। आजको संयुक्त बैठकले सो प्रस्ताव पारित गर्ने कार्यसूची छ।