
काठमाडौं। सुनको मूल्य तीन दिन लगातार घटिरहेको छ। साताको अन्तिम दिन पनि तोलामा ५ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।
अघिल्लो दिनभन्दा एक हजार रुपैयाँ घट्दा बिहीबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
एक सातामा मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। गत शुक्रवार सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ थियो।
चाँदी तोलामा ५ रुपैयाँ घटेको छ। शुक्रवार कारोबार मूल्य १३ सय ४५ रुपैयाँ भएको छ। अघिल्लो दिनभन्दा १० रुपैयाँ घट्दा बिहीबार प्रतितोला १३ सय ५० रुपैयाँ भएको थियो। चाँदीको मूल्यमा एक सातामा तोलामा ३५ रुपैयाँले गिरावट छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको बढोत्तरीको क्रममा ब्रेक लाग्दा स्थानीय बजारमा यसको प्रभाव देखिन थालेको छ। शुक्रवार मूल्य घट्दै सुन प्रतिऔंस १९४७.८३ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २२.९४ डलर छ। बिहीबार सुन प्रतिऔंस १९५८.२३ डलर र चाँदी २३.७ डलर थियो।