
काठमाडौं। केही दिनयता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा भ्याकेन्सी खोलिएको भन्दै गलत सूचना फैलिएको छ।
विभिन्न पदमा भ्याकेन्सी खोलिएको भन्दै फेसबुक ग्रुप, म्यासेन्जर तथा ह्वाट्सएपसहितका सामाजिक सञ्जालमा गलत सूचना फैलिएको भन्दै टेलिकमले आधिकारिक माध्यमलाई मात्रै पत्याउन आग्रह गरेको छ।
‘कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न आग्रह गर्दछौं,’ टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।