सिटिजन्स बैंकलाई जर्मनीको बैंकबाट ५० करोड रुपैयाँको पुनर्कर्जा, प्राविधिक सहयोग पनि

बिजमाण्डू
२०८० जेठ १० गते १६:०० | May 24, 2023
सिटिजन्स बैंकलाई जर्मनीको बैंकबाट ५० करोड रुपैयाँको पुनर्कर्जा, प्राविधिक सहयोग पनि

काठमाडौं। सिटिजन्स बैंकलाई जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकले करिव ५० करोड रुपैयाँ (३५ लाख यूरो) पुर्नकर्जा लगानी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

यसबाहेक ५ लाख बराबरको प्रावधिक सहयोगसमेत प्रदान गर्ने भएको छ। नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि केएफडब्लुले लगानी गर्न लागेको हो।

स्थापनाकालदेखि नै आफ्नो लगानीको प्रथामिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएकोे सिटिजन्स बैंकलाई केएफडब्लुले ‘एसइडीआरए III’ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथामध्ये बाट चयन गरेको हो।

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्र्तगत केएफडब्लले नेपाल राष्ट्र बैंकसंगको समझदारीमा नेपालमा सँञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ।

हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दीगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा सानाउद्यम क्षेत्रको विकाश हुनु पर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकालदेखि नै स्वीकार गर्दै आएको सिटिजन्स बैंकले यी शिर्षक अन्तर्गत हालसम्म २१,५२६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ।

यसमध्ये २८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा २ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ। यस कर्जाको मद्दतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पू¥याएको विश्वास बैंकले लिएको छ।

यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्न वर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ।