
काठमाडौं। नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइभर
पार्टनरहरुलाई आधनिुक बैंकिङसहित बीमा लगायतका सुविधा दिन समझदारी भएको छ।
समझदारी अनुसार, उपायमा आवद्ध ड्राइभर पार्टनरहरुका लागि आधिकारिक बैंकको रुपमा नेपाल
ईन्भेष्टमेन्ट मेगा बैंक रहनेछ।
बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाउन्ट योजनाअन्तर्गत ड्राइभर पार्टनरहरुलाई सहज भुक्तानीको सुविधा सहितको शुन्य शेषी खाता जसमा ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्ने छ। १५ हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा र ३५ हजारसम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ।
यो समझदारी अनुरुप बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरुलाई वित्तीय साक्षरता अभिबृद्धी, आधुनिक बैंकिङ सुविधा प्रयोगमा सरलता लगायत अन्य विषयमा आवश्यक तालिम तथा अभिमूखिकरण गर्दै जानेछ।