विद्युत उत्पादन सुरु गरे पनि पोहोरभन्दा कसरी घट्यो साहस ऊर्जाको नाफा ?

बिजमाण्डू
२०८० जेठ ५ गते १०:३० | May 19, 2023
विद्युत उत्पादन सुरु गरे पनि पोहोरभन्दा कसरी घट्यो  साहस ऊर्जाको नाफा ?

काठमाडौं। साहस ऊर्जाले विद्युत उत्पादन सुरु गरेपछि नाफा आधा घटेको छ। पोहोर चैतको तुलनामा कम्पनीको नाफा ५४.३९ प्रतिशत घटेको हो।

Tata
GBIME

कम्पनीले चालु आवको नौ महिनामा २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। पोहोर नाफा ५८ करोड १३ लाख रुपैयाँ थियो। कम्पनीको नाफा विद्युत बिक्री आम्दानीभन्दा बढी छ।

यो अवधिमा २१ करोड ८० लाख रुपैयाँ मात्रै बिद्युत बिक्री गरेको छ। साहसको ८६ मेगावाटको सोलुखोला जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। उक्त आयोजनाले गत फागुन १७ बाट व्यवसायिक उत्पादन थालेको हो।

सरकारी परियोजनाहरुको निर्माणबापत कम्पनीले आम्दानी गर्ने गरेको छ। यस्तो आम्दानी साँघुरिदा विद्युत उत्पादन गर्दा गर्दै पनि नाफा पोहोरभन्दा कम भएको छ।

अन्य स्रोतमा देखाएको यस्तो आम्दानी पोहोरभन्दा ४८.५ प्रतिशत कम छ। यसपटक नौ महिनामा आम्दानी १ अर्ब ८९ करोड रुपैयाँ छ। पोहोर चैतमा ३ अर्ब ६७ करोड रुपैयाँ थियो। यसैले गर्दा कम्पनीको खुद आम्दानी पोहोरभन्दा १४.५४ प्रतिशत गिरावट छ। कम्पनीले यो अवधिमा १४ करोड ७१ लाख रुपैयाँ ब्याजद पनि भुक्तानी गरेको छ।

चैतसम्म कम्पनीको प्रति सेयर आम्दानी १०.१० रुपैयाँ र प्रति सेयर नेटवर्थ १६७.६९ रुपैयाँ कायम छ।