आयल निगमले डिजलको मूल्य लिटरमा १० रुपैयाँ घटायो, अरु पेट्रोलियम पदार्थको मूल्य यथावत

बिजमाण्डू
२०८० जेठ २ गते १९:५८ | May 16, 2023
आयल निगमले डिजलको मूल्य लिटरमा १० रुपैयाँ घटायो, अरु पेट्रोलियम पदार्थको मूल्य यथावत


काठमाडौं। नेपाल आयल निगमले डिजलको मूल्य लिटरमा १० रुपैयाँ घटाएको छ। निगमको मंगलबार बसेको संचालक समिति बैठकले लिटरमा १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

अव उपभोक्ताले डिजल लिटरको १ सय ५५ रुपैयाँमा पाउनेछन्। निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमले मूल्य घटाएको हो। निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको थियो।

इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार डिजल र पेट्रोलको मूल्य घटेर आएको हो। यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो। नयाँ मूल्य अनुसार साढे तीन अर्ब नाफा हुने थियो।