भारतमा रोमिङ लिएर नेपाल टेलिकममार्फत फोन गर्दा प्रति मिनेट अब ७ रुपैयाँ मात्रै लाग्‍ने

बिजमाण्डू
२०८० जेठ २ गते १३:४७ | May 16, 2023
भारतमा रोमिङ लिएर नेपाल टेलिकममार्फत फोन गर्दा प्रति मिनेट अब ७ रुपैयाँ मात्रै लाग्‍ने

काठमाडौं। रोमिङ लिएर भारतबाट नेपाल टेलिकमको सिममार्फत फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ तिर्नुपर्ने बाध्यता हट्ने भएको छ।

Tata
GBIME

लामो गृहकार्यपछि अब प्रतिमिनेट २३ रुपैयाँ घटाएर अब नेपाली सिमबाट फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँ मात्रै शुल्क निर्धारण गर्ने तयारी भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जनाएका छन्।

‘सञ्चारमन्त्री रेखा शर्माको भारत भ्रमणको बेला त्यहाँका नेपालीले उठाएको एउटा माग पुरा भएको छ। नेपालीहरुले रोमिङ सुविधा लिएर अब भारतबाट नेपाल टेलिकमको सिमबाट फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँ मात्रै शुल्क निर्धारण गरिएको छ। केही दिनपछि यो महसुल लागु गरिने छ,’ केसीले सामाजिक सञ्जालमा लेखेका छन्।

शर्मा गत चैतमा भारत भ्रमणमा गएकी थिइन्। उपचार, शिक्षा, रोजगारी तथा व्यवसायिक प्रयोजनका लागि नेपालीहरु भारत जाने गरेका छन्।