‘इभीमा देखियो नेपालीहरु नयाँ प्रविधि अपनाउन छिटो छन्,’ टाटा प्यासेन्जर इ-मोबिलिटी एमडी शैलेस चन्द्र

बिजमाण्डू
२०८० जेठ २ गते ०९:१५ | May 16, 2023
‘इभीमा देखियो नेपालीहरु नयाँ प्रविधि अपनाउन छिटो छन्,’ टाटा प्यासेन्जर इ-मोबिलिटी एमडी शैलेस चन्द्र

कमर्सियल सेग्मेन्टका गाडीहरुमा नेपाली बजारमा सवारी उत्पादक भारतीय कम्पनी टाटा मार्केट लिडर बन्न सफल थियो। टाटा अब प्यासेन्जर सेग्मेन्टमा पनि मार्केट लिडर बन्ने बाटोमा छ। नेक्सन जस्ता एसयुभीले यो सेग्मेन्टमा टाटाको बजार हिस्सा बढाउन सहयोग गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

टाटाको नेक्सन इभी नेपाल भित्रिएको दुई वर्षको अन्तरालमा २ हजार ४ सय युनिटभन्दा बढी सडकमा छन्। पछिल्लो समय विद्युतीय सवारीको माग बढेसँगै फिचर, रेन्ज र मूल्यलाई आधार बनाएर ग्राहकले गाडी खरिद गरिरहेका छन्। त्यहीअनुसार टाटाले नेपालमा सेग्मेन्टअनुसार गाडी भित्र्याएको दाबी गरेको छ।

टाटा मोटर्स र नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले इभी बिक्री र प्रयोग प्रवर्द्धन गर्न नेपालमा पूर्वाधार तयारीमा निकै लगानी गरेका छन्। गाडी बेचेर ढुक्क बस्नुको साटो त्यसका लागि चार्जिङ स्टेसनहरु विस्तार गरिरहेको टाटा नेपाली बजारलाई कसरी हेर्छ? सिप्रदीले नेक्सनको ‘म्याक्स’ सार्वजनिक गर्ने अवसर पारेर काठमाडौं आएका प्यासेन्जर भेहिकल लिमिटेड एवं टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रसँग बिजमाण्डूका शुक्र गिरीले सोधे- प्यासेन्जर भेहिकल्सको बजारीकरणमा टाटा आक्रामक देखिन्छ। त्यसमा पनि इभीमा बढी जोड छ। त्यो हिसाबले नेपालको अहिलेको बजारमा कतिको सम्भावना छन्?

टाटा मोटर्स भारतको एक स्थापित ब्रान्ड हो। नेपालमा पनि हाम्रो गाडीहरु धेरै सेगमेन्टमा बिक्री भइरहेका छन्। कमर्सियलमा हामीले धेरै सफलता हासिल गर्दै दशकौं यात्रा पुरा गरिसकेका छौं। यसमा सिप्रदीको पनि धेरै ठूलो साथ छ। टाटाले भारतबाट नेपाली बजारलाई गाडी निर्यात गर्ने भए पनि डोमेस्टिक बजार जस्तैगरी हेरिरहेको छ। त्यहीअनुसार सबै कुरामा प्राथमिकता दिएको छ।

टाटा मोटर्सले विगत ३-४ वर्षदेखि आफ्नो उत्पादन लाइन-अपहरुलाई ट्रान्सफर्म गर्दै गइरहेको छ। कम्पनीले ४ वटा सेगमेन्टका गाडीहरु उत्पादन गरिरहेको छ। यसको भारतमा २५ प्रतिशत बजार हिस्सा छ। अहिलेसम्म जति सफलता मिलेको छ त्यो इभी र इन्धन भेरियन्ट दुवैको समान भूमिका छ।  

टाटाले डिजाइन, सेफ्टी र कम्फर्टका कुरामा कहिले पनि सम्झौता गरेको छैन। ग्राहकले जस्तो प्रोडक्ट चाहन्छन् त्यस्तै बजारमा पस्किएको छ। विगत २/३ वर्षमा त्यही कुरा नेपालमा ट्रान्सफर भइरहेको छ।

जसरी प्यासेन्जर सेग्मेन्टमा नेक्सनले नेपालमा राम्रो बजार बनाउन सफल भयो, त्यसैगरी नेक्सन इभीले पनि टाटाको बजार हिस्सा बढाएको छ। टाटाले राखेको ग्राहककेन्द्रित मूल्य, फिचर र सेफ्टीका हिसाबले नेपाली ग्राहकहरुले चाहे र उनीहरुको खाँचो अनुसारको हुन पुग्यो। नेपाली ग्राहकहरुले खोजेजस्तै प्रोडक्ट टाटाले बजारमा उतारेको छ।

सवारी उत्पादकका लागि एक समय सेमीकन्डक्टर चिपको निकै अभाव थियो। त्यस्तो बेला पनि हामीले नेपाली ग्राहकलाई समयमै गाडी उपलब्ध गराएका थियौं। हाम्रा लागि नेपाली ग्राहक आफ्नै हुन्। त्यही अनुसार अहिले नेपालमा टाटा प्यासेन्जर सवारी सेग्मेन्टमा राम्रो स्थापित हुँदैछ।

टाटा मोटर्स नेपाली बजारको लागि सेवा दिन एकदम प्रतिबद्ध छ। त्यो चाहे गाडी बिक्री गर्ने कुरामा होस् अथवा बिक्रीपछि आवश्यक पर्ने सर्भिसमा होस्। यसलाई सिप्रदी र टाटाले गरेको लगानी र ग्राहक प्रतिको जिम्मेवारी हजुरहरुले बजारमा देख्‍न सक्नु हुन्छ।

टाटा र सिप्रदी नेपालमा इन्धन र इभी दुवै गाडीको लागि सर्भिस सेन्टरदेखि स्पेयर्स पार्ट्स र चार्जिङ स्टेसनसहितको पूर्वाधारमा गरेको लगानीले पुष्टि हुन्छ। अझै हामी यसलाई बढाउदै लग्ने योजनामा रहेका छौं। यस्तै सबै कुराहरुले गर्दा टाटा इभीमा अहिले छोटो समयमा पनि नेपालमा नम्बर वन पोजिसनमा आउन सफल भएको छ।

सवारी उत्पादकका लागि एक समय सेमीकन्डक्टर चिपको निकै अभाव थियो। त्यस्तो बेला पनि हामीले नेपाली ग्राहकलाई समयमै गाडी उपलब्ध गराएका थियौं। हाम्रा लागि नेपाली ग्राहक आफ्नै हुन्।

नेपालीहरुले यति छिटो नयाँ प्रविधिलाई अपनाउँछन् भनेर इभी उत्पादक कसैले पनि सोचेका थिएनन्। शून्य कार्बन प्रविधि प्रयोग गरेर पर्यावरणलाई जोगाउने कुरामा नेपाली सहभागी भएका छन्। जसरी इभीलाई नेपालीहरुले अपनाइरहेका छन्, जलवायु परिवर्तनको जोखिम घटाउने अभियानलाई सघाउन मनैदेखि लागिपरेको देखिन्छ।

यसमा सहयोग गर्न टाटा प्रतिबद्ध छ। यस्तै सरकारले पनि इभी आयातमा करका दरमा सहुलियत र सहज फाइनान्सिङ गर्ने वातावरणले धेरै सहयोग गरेको छ। नेपाल अहिले इभीको मूलधारको बजार भएको छ।

टाटा पनि त्यहीअनुसार मूल्य, फिचर, रेन्ज लगायतका कुरामा केन्द्रित छ। ग्राहकहरु स्तरअनुसार फरक सेग्मेन्टका गाडी खरिद गर्न रुचाउँछन्। त्यसलाई आधार मानेर टाटा फरक फरक सेगमेन्टमा गाडीहरु ल्याइरहेको छ।

इको सिस्टममा गरेको लगानीलाई जोखिम (रिस्क) भन्न मिल्दैन। यो अहिले केही समय ‘रिस्क’ भए पनि टाटाले दीर्घकालीन रुपमा यसलाई हेरिरहेको छ।

इभीका लागि आवश्यक इको सिस्टम निर्माण ठूलो लगानी हो। तर नेपालमा नीतिहरु अस्थिर हुँदा दीर्घकालीन फाइदा नहुन सक्ने जस्तो जोखिम जस्तो लाग्छ लाग्दैन ?

कम्पनीको लक्ष्य विद्युतीय सवारी बनाउने र बिक्री गर्ने मात्र होइन। नयाँ प्रविधिलाई सपोर्ट गर्ने इको सिस्टम तयार पार्नु पनि हो। जसले ग्राहकहरुलाई इभीको प्रयोग गर्न विश्वस्त र ढुक्क बनाउँछ।

यो क्षेत्रमा नेपालमा सिप्रदीले राम्रो गरेको छ। भविष्यमा पनि गर्दै जानेछ। यसलाई राम्रो बनाउन टाटाले सिप्रदीलाई सधैं सहयोग गरिरहन्छ। सिप्रदीले चार्जिङ स्टेसनको नेटवर्क निर्माणमा राम्रो गरेको छ। अहिले सिप्रदीले नेपालभरी रहेका मुख्य राजमार्ग र सहरमा २० वटा फास्ट चार्जिङको नेटवर्क विस्तार गरेको छ। साथै २०० भन्दा धेरै एसी चार्जर प्वाइन्टहरु निर्माण गरिसकेको छ।

सिप्रदीले अझै धेरै चार्जिङ नेटवर्क बनाउने प्रतिबद्धता जनाएको छ। त्यसमा सिप्रदीलाई सहयोग गर्न टाटा पनि प्रतिबद्ध छ। यसले नेपालमा इभीको बजार बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने टाटाको विश्वास छ।

यसलाई टाटाले कहिले पनि जोखिमको रुपमा लिएको छैन। जहिले पनि बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेर काम गर्ने भएकाले यो टाटाको गाडी चढ्नेहरुले पाउने हक हो। यसले ग्राहकहरुको आवश्यकता पुरा गर्ने काम गरिरहेको छ।

केही सरकारको नीतिमा भएका कुराहरुले जोखिम पनि हुन सक्ला तर अबको भविष्य इभीको हो। नेपालमा इभीको इको सिस्टम तयार पार्नुमा टाटाले कुनै जोखिम देखेको छैन। नीतिहरु समयको मागअनुसार परिवर्तन हुँदै जान्छन्, त्यसलाई एडजस्ट गरेर जानु पर्छ।

नेपालको सरकारले पनि इभीलाई प्रोमोट गर्न विभिन्न नीति निर्माण गरिरहेको छ। सरकार आफैंले चार्जिङ स्टेसनहरु निर्माण गरिरहेको छ। सरकारको अस्थिर नीतिले केही असहज परिस्थितिहरु सिप्रदी र टाटाले भोगेको छ। यो सबै बिक्रेताहरुका लागि समान समस्या हो। त्यसैले सरकारले आगामी वर्षहरुमा स्थिर नीति ल्याउँछ भन्नेमा हामी विश्वस्त छौं।

हामीले इभीको इको सिस्टममा गरेको लगानी हाम्रो गाडी र टाटाको गाडी खरिद गर्ने ग्राहकहरुको लागि हो। यसबाट जस्तो परिस्थिति भए पनि टाटा पछि हट्दैन। इको सिस्टममा लगानी गरेको कुरालाई जोखिम (रिस्क) भन्न मिल्दैन। यो अहिले केही समय ‘रिस्क’ भए पनि टाटाले दीर्घकालीन रुपमा यसलाई हेरिरहेको छ।

नेपालीहरुले यति छिटो नयाँ प्रविधिलाई अपनाउँछन् भनेर इभी उत्पादक कसैले पनि सोचेका थिएनन्। शून्य कार्बन प्रविधि प्रयोग गरेर पर्यावरणलाई जोगाउने कुरामा नेपाली सहभागी भएका छन्।

नेपालको माटो, टेरेन र सुहाउँदो ग्राउन्ड क्लियरेन्समा कम्प्याक्ट एसयुभी ल्याएर टाटाले बजार त बनायो तर त्यस्तो सेगमेन्टका एसयुभी नेपालमा धेरै कम्पनीका आइसके। अरु ब्रान्डसँग टाटाले कसरी प्रतिस्पर्धा गर्छ ?

यसमा टाटा नेक्सनकै कुरा गर्दा ग्राउन्ड क्लियरेन्स १९० देखि २०५ एमएमसम्म छ। यो नेपाली बजारमा आएका अरु ब्रान्डको एसयुभीभन्दा धेरै हो। यसले नेपालको जुन सडकमा पनि आरमदायी यात्रा गर्न सहज बनाउँछ। त्यो कुरा अरु ब्रान्डमा सायदै होला।

टाटाले गाडीहरुलाई स्टाइलिस मात्र बनाउदैन। कम्पनीले ग्राहकहरुले चाहेको ठाउँ जान सक्नेगरी यसलाई ब्यालेन्स गरिएको हुन्छ। जसले गर्दा ग्राहकहरु अफरोड होस् या सिटी राइड गर्दा होस् एउटै एसयुभीमा यात्रा गर्न सक्छन्। यो कुराको टाटाले एसयुभीहरुमा ब्यालेन्स गरेको छ।

नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो कुरा एसयुभीमा चाहिने कुरा ग्राउन्ड क्लियरेन्स नै हो। यसलाई नेक्सन किनेर प्रमाणित गरेका छन्। मलाई लाग्छ यही नेपाली ग्राहकका लागि बेन्चमार्क भएको छ।

टाटाको अर्को राम्रो पक्ष भनेको ग्राहकको आवश्यकता अनुसारका फिचर राखेर मध्यम वर्गीयदेखि हाइ रेन्जसम्मलाई हुने गरी गाडीको मूल्य तय गर्छ। नेपाल-भारत दुवै देशमा ग्राहकहरु गाडी खरिद गर्न जाँदा मूल्यमा पनि धेरै निर्भर हुने गर्छन्। त्यसैले टाटाले कम मूल्यमा ग्राहकहरुले खोजेको सुविधा एसयुभीमा उपलब्ध गराउने लक्ष्य राखेको छ। यही कुराले पनि नेपालमा अन्य ब्रान्डका एसयुभीसँग प्रतिस्पर्धा गर्न सहज छ।

मलाई खुसी लाग्छ नेपालमा धेरै आइस नेक्सन र नेक्सन इभीहरु सडकमा चलिरहेका छन्। यो टाटा र नेपाली ग्राहकका लागि राम्रो संकेत हो।

नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो कुरा एसयुभीमा चाहिने कुरा ग्राउन्ड क्लियरेन्स नै हो। यसलाई नेक्सन किनेर प्रमाणित गरेका छन्।

टाटासँग आजको दिनसम्म इभी डेडिकेटेड प्लाटफर्म छैन। इभी प्लाटफर्म नहुँदा नेपालमा केही ग्राहकहरु जोखिमका कुरा गर्छन्। यस्तो अवस्थामा कुनै समय गाडीले दिने पर्फर्मेन्समा कमी आउन थाल्यो भने यसको जोखिम पनि देखिन्छ। यसको न्यूनीकरण गर्न कस्तो योजना छ ?

यो कुरामा ग्राहकहरुले के बुझ्नु पर्छ भने प्योर इभी र डेडिकेटेड प्लाटफर्मले के दिन्छ ? यी दुवै प्लाटफर्मले इभीमा दिने भनेको हाइयर रेन्ज हो। यसमा डिजाइन गर्दा कुनै पनि इन्जिन हुँदैन। त्यहीअनुसार गाडीमा धेरै स्पेस राख्‍नेदेखि अन्य धेरै फिचरहरु सेट गर्न सकिन्छ।

उदाहरणका लागि टाटाले ६०० किलोमिटर रेन्ज दिने ब्याट्री प्रयोग गर्‍यो भने त्यसपछि उक्त गाडीको मूल्य कति पुग्छ? के सबै ग्राहकहरुले अहिले त्यो गाडी अफोर्ड गर्न सक्छन् त ? यो धेरै अन-अफोर्डेबल हुन जान्छ।

यसमा हाम्रो रणनीति प्रस्ट छ। अहिलेको ब्याट्रीको मूल्यले गाडी अफोर्डेबल बनाउन धेरै चुनौती छन्। समयसँगै ब्याट्रीको मूल्य कुनै बेला घट्दै जान्छ। त्यसबेला धेरै रेन्ज दिने राम्रो गाडी अफोर्डेवल मूल्यमा ग्राहकले पाउने छन्। अहिलेको अवस्थामा इभी ग्राहकहरु हायर रेन्ज गाडी किन्न आतुर छैनन्।

यसको लागि समय अनुसार माग बढ्दै जान्छ। यसमा इभीमा कन्भर्टेड गरिएका सवारीसाधनहरू वा प्योर इभी उत्पादनहरूको लागि नेक्स्ट जेनेरेसनमा कुनै सम्झौता छैन, जहाँ हामीले फ्रेमहरु परिमार्जन गरेर ब्याट्री प्याक बढाउँदैछौं। यो ग्राहकहरुको समस्या समाधान गर्ने सबैभन्दा व्यावहारिक बाटो हो।

मानिसहरू पनि स्थापित ब्रान्डसँग सहज छन्। नेक्सनको इन्धन गाडी नभएको भए इभी यति धेरै बिक्री हुने थिएन। मानिसहरुले भइरहेको ब्रान्ड खरिद गर्न मन पराउछन्। किनभने त्यसको सर्भिस, स्पेयर पार्ट्सको उपलब्धता लगायतका कुराहरुले गर्दा मानिसहरु नेक्सन इभी किन्न खरिद गर्न रुचि देखाइरहेका छन्।

अहिले नै डेडिकेटेड इभी प्लेटफर्म निर्माण गर्नुको सट्टा यसो गरेर विद्युतीकरणलाई अपनाउने सबैभन्दा राम्रो तरिका हो। यसो भन्दैमा इभी डेडिकेटेड प्लाटफर्म नचाहिने भन्ने होइन। हामी अर्को ३ वर्षसम्ममा एक प्योर इभी ल्याउने छौं। जुन बेला त्यो सेगमेन्टमा मानिसहरूले आफूहरुले चाहेको वास्तविक मूल्यमा आफ्नो इभी गरिद गर्न सक्छन्।

इभीको प्लाटफर्मले मात्र विद्युतीय गाडीको रेन्जमा फरक पार्दैन। यसमा रहेको ब्याट्री र मोटर पावरले फरक पार्ने हो।

टाटा मोटर्स ग्राहकहरूको आवश्यकता र समस्याहरू तथा तिनीहरूको आवश्यकता के हो भन्ने कुरामा केन्द्रित छ। टाटा मोटर्स ग्राहकहरुको यस्तै समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित भइरहेको छ। ग्राहकहरुको आवश्यकता पनि डेडिकेटेड इभी प्लाटफर्म होइन। उनीहरुले आवश्यकता भनेको इभीमा हुनुपर्ने फिचर, मूल्य र ग्राउन्ड क्लियरेन्समा धेरै सोच्ने गरेका छन्।

ग्राहकलाई गाडी किन्नका लागि कुन कम्पनीले कुन गाडी उत्पादन गरिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यसैले टाटाले ‘स्मार्ट वे’मा काम गरिरहेको छ। त्यहीअनुसार ग्राहकको आवश्यकता पुरा गर्न टाटा सफल भएको छ।

अहिलेको ब्याट्रीको मूल्यले गाडी अफोर्डेबल बनाउन धेरै चुनौती छन्। समयसँगै ब्याट्रीको मूल्य कुनै बेला घट्दै जान्छ। त्यसबेला धेरै रेन्ज दिने राम्रो गाडी अफोर्डेवल मूल्यमा ग्राहकले पाउने छन्।

सिटी कारका लागि टियागो इभीलाई बजारले पर्खिरहेको अवस्था छ। टाटाले टियागो इभी नेपाली बजारमा कहिले ल्याउँछ ?  

टाटाको सबैभन्दा सस्तो इभी नेपाली ग्राहकहरुले पनि छिट्टै ड्राइभ गर्न पाउनेछन्। यो गाडी नेपालमा विद्युतीय गाडी उपयोगका लागि एउटा कोसे ढुंगा हुनेछ। हामीले यसमा पनि ग्राहकहरुले चाहेको फिचर कम मूल्यमा दिन खोजेका छौं।

यो सिटी राइडका लागि पर्फेक्ट इभी हुनेछ। हामीलाई थाहा छ टाटा टियागो इभी ड्राइभ गर्न नेपाली ग्राहकले पर्खिरहेका छन्। त्यसैले हामी पनि नेपालमा टियागो इभी छिट्टै ल्याउन उचित समय पर्खिरहेका छौं। नेपाली ग्राहकले यसरी पर्खिरहेको देख्दा टाटा एकदम खुसी छ। त्यही अनुसार ब्याक टु ब्याक सबै सेगमेन्टका गाडीहरु नेपाली मार्केटमा पस्किने टाटाको योजना छ।