युनियन, गुराँस र प्राइम लाइफ मर्जर भएर हिमालयन लाइफको नामबाट कारोबार सुरु

बिजमाण्डू
२०८० बैशाख २७ गते ०८:१० | May 10, 2023
युनियन, गुराँस र प्राइम लाइफ मर्जर भएर हिमालयन लाइफको नामबाट कारोबार सुरु


काठमाडौं। युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स आपसमा गाभिएर हिमालयन लाइफ इन्स्योरेन्सका नामबाट एकीकृत कारोबार सुरु गरेका छन्।

Tata
GBIME
NLIC

बराबरी हैसियतमा गाभिएका कम्पनीबीच गत माघ १ गते मर्जर भएर ठूलो संस्था बन्ने भन्दै अन्तिम सम्झौता भएको थियो। नियामक नेपाल बीमा प्राधिकरणले मर्जर नीति ल्याएपछि तीन संस्था गाभिएका हुन्।

मर्जरपछि हिमालयन इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघेको छ। मंगलबार प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबारको उद्‍घाटन गरेका छन्।