ओलीले प्रधानमन्त्रीमा अफर गरेको विषयमा रवि लामिछानेको जवाफ यस्तो छ



२०८० बैशाख २२ गते २०:३३
ओलीले प्रधानमन्त्रीमा अफर गरेको विषयमा रवि लामिछानेको जवाफ यस्तो छ


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

Tata
GBIME

‘सर्वसम्मत रुपमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षीमा बस्ने हामीले निर्णय गरेका छौं,’ बैठकपछि सभापति रवि लामिछानेले भने। पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि समर्थन गरेको थियो।

लामिछानेले आफ्नो पार्टी सरकार भत्काउने खेलमा नलाग्नेसमेत बताएका छन्। ‘रचनात्मक प्रतिपक्षी कस्तो हुन्छ जनताले हेर्न चाहेका छन्, त्यसैले हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं,’ लामिछानेले भने, ‘हामी सरकार भत्काउने खेलमा लाग्दैनौ। जे पनि गर्ने भयो भने जनमतको अपमान हुन्छ।’

पार्टी अब संगठन निर्माणमा लाग्ने उनले बताए। सरकारको सदाशयता रहे पनि अहिले सरकारले चालेको कदम ठीक नलागेर यो निर्णयमा पुगेको उनको भनाइ थियो। ‘सरकार जुन ढंगले अघि बढेको छ नीति तथा कार्यक्रममा। सरकारका तर्फबाट सदासयता थियो,’ लामिछानेले भने।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेलाई प्रधानमन्त्रीमा अफर गरेको समाचारहरु बाहिरिएका थिए। यसबारे ओलीले आफूले कसैलाई प्रधानमन्त्री पदको अफर नगरेको प्रष्ट पारिसकेका छन्। यसबारे प्रश्न गर्दा लामिछानेको जवाफ थियो – उहाँले नै स्पष्ट पार्नु भएपछि मैले के भन्ने?