
काठमाडौं। नेपाली बजारमा टीभीएसको रेट्रो बाइक रोनिन छिट्टै आउने भएको छ। टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सका अनुसार रोनिन ल्याउने तयारी भइरहेको जनाएको छ।
कम्पनी स्रोतका अनुसार, यो मोटरसाइकल नेपाली बजारमा केही महिनाभित्र उपलब्ध हुनेछ। कम्पनीले नेपालमा नै एसेम्बल गर्ने भएकाले पनि यो कम्पनीलाई नयाँ बाइकहरु नेपालमा सार्वजनिक गर्न गार्हो हुने छैन।
टीभीएसले यसलाई डवल क्रेडल फ्रेम सस्पेन्डेड चेसिसमा निर्माण गरेको हो। ४१ एमएमको मोनोशक सस्पेन्सन जडान गरिएको छ। यो रोनिन बाइकको कुल तौल १६० किलोग्राम रहेको छ भने डुअल च्यानल र सिंगल च्यानल एबिएस अप्सनमा उपलब्ध छ। रोनिन बाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ।
कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ। टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ। यो साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ।
रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ। सो इन्जिनले ७७५० आरपीएममा १५.०१ किलोवाटको पावर र ३७५० आरपीएममा १९.९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ।
रोनिनमा नयाँ प्रविधीको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ। जहाँ कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ जस्ता फिचर समावेश गरिएको छ। साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको छ।