सुनको मूल्यमा तीन दिनको स्थिरतापछि तोलामा ३०० को बढोत्तरी, चाँदी १० रुपैयाँ बढ्यो



२०८० बैशाख ६ गते १०:५२
सुनको मूल्यमा तीन दिनको स्थिरतापछि तोलामा ३०० को बढोत्तरी, चाँदी १० रुपैयाँ बढ्यो


काठमाडौं। साता प्रारम्भका तीन दिन स्थिर रहेको सुनको मूल्यमा चौथो दिन ३ सय रुपैयाँ बढेको छ। बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारसम्म सुन प्रतितोला १ लाख १० हजारमा स्थिर थियो। गत साताको अन्तिम दिनका तुलनामा ८ सय घटेर उक्त मूल्यमा आइपुगेको थियो।

चाँदीको मूल्यमा १० रुपैयाँको बढोत्तरी भएको छ। मंगलबार तोलाको १४ सय ३५ रुपैयाँ रहेको चाँदी बुधबार १४ सय ४५ भएको हो। यसअघि सोमबारसम्म ४/५ दिन प्रतितोला १४ सय ५० स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा लगातार बढेको तुलनामा सुनचाँदीको मूल्य घटेको छैन। मंगलबार प्रतिऔंस १९९९.३४ डलरमा कारोबार भएको सुन बुधबार बढेर २००२.८५ डलर भएको छ।

साताको प्रारम्भका तुलनामा बीचमा सामान्य गिरावट भएको सुनको कारोबार मूल्य पुनः बलियो हुनेतर्फ अघि बढेको देखिएको छ। गत आइतबार प्रतिऔंस २००४.३९ डलर थियो।

चाँदीमा पनि बढोत्तरी छ। मंगलबार प्रतिऔंस २५.०३ डलरले कारोबार भइरहेकोमा बुधबार बढ्दै २५.१८ डलर भएको छ। गत आइतबार प्रतिऔंस २५.३९ डलरसम्म पुगेको कारोबार मूल्य बीचमा घटेको थियो।