बेनेलीको मोटरसाइकल र स्कुटरमा ‘नयाँ सफर धमाकेदार अफर’ योजना, ६० हजारसम्म छुट पाइने

बिजमाण्डू
२०८० बैशाख ६ गते ०८:३१ | Apr 19, 2023
बेनेलीको मोटरसाइकल र स्कुटरमा ‘नयाँ सफर धमाकेदार अफर’ योजना, ६० हजारसम्म छुट पाइने

काठमाडौं। बेनेलीको आधिकारिक बिक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङले नयाँ वर्ष २०८० को अवसरमा ‘नयाँ सफर दमदार अफर’ योजना ल्याएको छ। यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्। यसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, २०८०/८१ को वार्षिक सडक कर सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुने कम्पनीले जानकारी दिएको छ।

यस अफरबाट तीन फाइदा लिन सकिने कम्पनीले जनाएको छ। यसमा ३५ हजार नगद छुट पाइनेछ। साथै, १२ हजार रकम बराबरको बेनेलीको हेल्मेट निशुल्क पाइने कम्पनीले जनाएको छ।

यसैगरी, २०८०/८१ को वार्षिक सडक कर सहुलियत (सरकारी नियम अनुसार) तथा आकर्षक उपहारहरु पनि उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

बेनेली नेपालले विभिन्न सात मोडलका बाइकहरु बिक्री गर्दै आइरहेको छ। जसमा टीएनटी १५ कम्प्युटरबाट चेक गर्न सकिने फिचर भएको बाइक हो। टीएनटी १५० आईमा राम्रो बनावट, आकर्षक लुक्स, डाउन फोक्र्स र इएफआई सिष्टम उपलब्ध छ।

यस्तै, १८० एस र टीएनटी २५१  ग्राहकको रोजाई अनुसार मनोरञ्जन र साहासिक यात्राको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। ३०१एस विशेष डिजाइन सहित दुईवटा इञ्जिनले युक्त छ।

टीएनटी ६०० आई यो मोटरसाइकल चार सिलिण्डरयुक्त छ। ७२५ एस यसमा बढी पावरयुक्त इञ्जिनको क्षमता छ। यो महंगो बाइकहरुमा पर्छ।

यी मोडलहरुको मूल्य २ लाख ६४ हजारदेखि २५ लाख १५ हजार रुपैयाँसम्म रहेको छ। कम्पनीले अहिले नेपालमा नै यसको एसेम्बल गरी बिक्री गरिरहेको छ।