
काठमाडौं। सर्भर डाउन हुँदा राजस्व संकलन प्रभावित बनेको छ। आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजस्व सम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
‘यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आइए, टीएसए, सीजीएएस, सूत्र, पीएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ देखि १ बजेसम्म प्रणाली सञ्चालन हुन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गदछौं,’ कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।
दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्ण क्षमतामा भने नचलेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए।
‘दिउँसो ३ घण्टा सर्भर पूर्णरुपमा डाउन भएको थियो। १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ,’ उनले भने।
उनका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाइनमार्फत हुने राजस्व संकलन ठप्प भएको छ । राजस्व संकलनसँगै काटिएका चेकसमेत नसाटिएको उनले बताए।