
काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा बस्तुगततर्फ सर्वाधिक मत उमेशलाल श्रेष्ठले ल्याएका छन्।
उनले ल्याएको मत कुल मतको ५६ प्रतिशत हो। कुल १२३ मतमध्ये एउटा बदर भएको छ।
उमेशले ६९ मत पाएका छन् भने अन्जन श्रेष्ठले ४१ र रामचन्द्र संघाईले १२ मत पाएका छन्।
जिल्ला/नगरतर्फ सर्वाधिक मत अन्जन श्रेष्ठले ल्याएका थिए। उनले ४० प्रतिशत ल्याएका हुन्। रामचन्द्र संघईले ३३ प्रतिशत र उमेललाल श्रेष्ठले २३.९३ प्रतिशत मत ल्याएका छन्। कुल ११७ मतमध्ये अन्जनको ४७, रामचन्द्रको ३९ र उमेशको २८ हो। तीन वटा मत बदर भएको छ।
एसोसिएट्स तर्फको वरिष्ठ उपाध्यक्षमा अन्जनले ५५८, उमेशले ४१५ र रामचन्द्रले ६१०
मत प्राप्त गरेका छन्। यस आधारमा सर्वाधिक मत ल्याएका संघइको ३७ प्रतिशत छ।