महालक्ष्मी विकास बैंकले आजबाट एक अर्बको ऋणपत्र बिक्री खोल्यो, वार्षिक ११ प्रतिशत ब्याज दिने

बिजमाण्डू
२०७९ चैत्र २९ गते ०८:५९ | Apr 12, 2023
महालक्ष्मी विकास बैंकले आजबाट एक अर्बको ऋणपत्र बिक्री खोल्यो, वार्षिक ११ प्रतिशत ब्याज दिने


काठमाडौं। महालक्ष्मी विकास बैंकले आजदेखि ऋणपत्र बिक्री खुलाएको छ। छिटोमा बैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ।

Tata
GBIME
NLIC

बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गरको हो। ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज दिइने छ। बैंकले ‘महालक्ष्मी डिबेन्चर २०८९’जारी गरेको हो।

१००० रुपैयाँ अंकित दरको ऋणपत्र एक अर्ब रुपैयाँ बराबरको जारी गरेको छ।

बैंकको ऋणपत्रमा कम्तिमा २५ कित्ता र बढीमा ४ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

बैंकले जारी गर्ने एक अर्बको ऋणपत्रमध्ये ६० करोड व्यक्तिगत तवरले बिक्री गर्ने छ। बाँकी ४० करोड सर्वसाधारणलाई बिक्री गर्ने छ। यसबाट २० हजार कित्ता म्युचुअल फण्डलाई पनि छुट्याएको छ।