विश्वकै दोस्रो ठूलो स्मार्टफोन बजारतर्फ एप्पलको नजर, भारतमा पहिलो रिटेल स्टोर खोल्दै

बिजमाण्डू
२०७९ चैत्र २३ गते ११:०६ | Apr 6, 2023
विश्वकै दोस्रो ठूलो स्मार्टफोन बजारतर्फ एप्पलको नजर, भारतमा पहिलो रिटेल स्टोर खोल्दै


काठमाडौं। एप्पलले भारतमा आफ्नो पहिलो औपचारिक रिटेल स्टोर स्थापना गर्ने भएको छ। एप्पलको सो स्टोर भारतको आर्थिक राजधानी मुम्बईमा रहने आइफोन निर्माता एप्पलले जनाएको छ।

Tata
GBIME
Nepal Life

सन् २०२० मा नै एप्पलले भारतमा आफ्नो अनलाइन रिटेल स्टोर सञ्चालनमा ल्याएको थियो। यसलगत्तै एप्पलले सन् २०२१ मा नै भारतमा आफ्नो भौतिक रिटेल स्टोर लञ्‍च गर्न खोजेको थियो। तर कोरोना महामारीका कारण यसमा ढिलाइ भयो।

एप्पलका प्रोडक्टहरू भारतमा वर्षौंदेखि अमेजन तथा वालमार्टअन्तर्गत फ्लिपकार्ट जस्ता इ-कमर्स प्लाटफर्महरू र वितरकहरुमार्फत बिक्री हुँदै आएका छन्।

करिब ७० करोड स्मार्टफोन प्रयोगकर्ता रहेको भारत स्मार्टफोनको विश्वकै दोस्रो ठूलो बजार हो।

इन्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसनका अनुसार गत वर्षको अप्रिल र यस वर्ष फेब्रुअरीबीचमा भारतबाट करिब ९ अर्ब डलर बराबरको स्मार्टफोन निर्यात गरिएको थियो जसमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा आइफोनको रहेको छ।

आइफोनसहित एप्पलको क्याटलगमा रहेका अन्य केही प्रडक्टहरू ताइवानको इलेक्ट्रोनिक्स निर्माताहरू फक्सकन र विस्ट्रोन कर्पोरेसनद्वारा भारतमा एसेम्बल हुन्छन्।

यसबाहेक एप्पलले भारतमा आइप्याड र एयरपडहरू पनि एसेम्बल गर्ने योजनामा काम गर्दै छ। (रोयटर्सबाट)