छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद ल्याउने, ३८ करोड ६९ लाखले बढ्नेछ चुक्ता पुँजी

बिजमाण्डू
२०७९ चैत्र २२ गते ११:०८ | Apr 5, 2023
छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद ल्याउने,  ३८ करोड ६९ लाखले बढ्नेछ चुक्ता पुँजी


काठमाडौं। छ्याङदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ। 

Tata
GBIME
NLIC

यसअघि १५० प्रतिशत जारी गर्ने योजनामा थियो। जसलाई परिमार्जन गर्दै शतप्रतिशतमा झारेको हो।

जस अनुसार कम्पनीका सेयरधनीले एक कित्ता सेयर बराबर एक कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड ६९ लाख रुपैयाँ छ। हकप्रद जारी गरेपछि सो बराबर रकम चुक्ता पुँजीमा थपिनेछ।

कम्पनीले हकप्रदको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित गर्ने कम्पनीले जनाएको छ।