सुन तोलामा हजार रुपैयाँ बढ्दा कारोबार मूल्य १ लाख ९ हजार, चाँदी १४ सय

बिजमाण्डू
२०७९ चैत्र २१ गते ११:१० | Apr 4, 2023
सुन तोलामा हजार रुपैयाँ बढ्दा कारोबार मूल्य १ लाख ९ हजार, चाँदी १४ सय


काठमाडौं। घट्न थालेको सुनको मूल्य साताको तेस्रो दिन फेरि बढेको छ। अघिल्लो दिनका तुलनामा एक हजार रुपैयाँको बढोत्तरीपछि मंगलबार कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
NLIC

साताको पहिलो दिनका तुलनामा ६ सय घट्दा सोमबार प्रतितोला १ लाख ८ हजार रुपैयाँ थियो। यसअघि गत शुक्रबारका तुलनामा ६ सय घटेर आइतबारको मूल्य निर्धारण भएको थियो।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँ छ। सोमबार तोलामा २० रुपैयाँले घट्दै प्रतितोला १३ सय ९० रुपैयाँ कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन मूल्यमा उतारचढाव भइरहँदा स्थानीय बजारमा कारोबारमा मन्दी छ। मंगलबार कारोबार मूल्यमा बढोत्तरीपछि सुन प्रतिऔंस १९८०.५ डलर पुगेको छ। साताको सुरुवातमा गत आइतबार १९६९.४६ डलर थियो भने सोमबार प्रतिऔंस १९५२.१८ डलरमा आइपुगेको थियो।

चाँदी मं‌गलबार प्रतिऔंस २३.९१ डलरमा कारोबार भइरहेको छ। सोमबार प्रतिऔंस २३.६३ डलर थियो।