सिप्रदीले जीपीएस प्रविधिबाट चल्ने भेहिकल ट्रयाकिङ र फ्लीट म्यानेजमेन्ट सफ्टवेयर ल्यायो

बिजमाण्डू
२०७९ चैत्र १६ गते १७:०१ | Mar 30, 2023
सिप्रदीले जीपीएस प्रविधिबाट चल्ने भेहिकल ट्रयाकिङ र फ्लीट म्यानेजमेन्ट सफ्टवेयर ल्यायो

काठमाडौं । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जीपीएस प्रविधिबाट चल्ने सवारी साधन ट्रयाकिङ तथा फ्लीट म्यानेजमेन्ट सफ्टवेयर ल्याएको छ।

Tata
GBIME
Nepal Life

सिप्रदीले अन्तर्राष्ट्रिय बजारको भरपर्दो फ्लीट व्यवस्थापन सफ्टवेर कम्पनी लोकोन्याभसँग सहकार्य गर्दै नेपाली बजारमा उक्त सफ्टवेयर ल्याएको जनाएको छ।

नेपालमा बढिरहेको निर्माण तथा पूर्वाधारका परियोजनाहरूमा प्रयोग हुने गाडी, फ्लीटहरूको दक्षता र उत्पादकताको व्यवस्थापनको लागि उक्त सफ्टवेयर ल्याइएको सिप्रदी जनाएको छ।

यो सफ्टवेयरका दैनिक प्रयोगले फ्लीट संचालनमा आउने चुनौतीहरूको समाधान प्रयोगकर्ताहरूले तुरुन्तै पाउन कम्पनीको दावी छ। यो सफ्टवेयर जीपीएस प्रविधिबाट चल्ने कम्पनीले जनाएको छ।

लोकोन्याभका प्रयोगकर्ताले यसबाट पाँच मुख्य फाइदा लिनसक्ने कम्पनीले जनाएको छ।

यस सफ्टवेयरको प्रयोगले व्यवसायको फ्लीटको उत्पादकतामा सुधार, सवारी साधनको सुरक्षा, चालक व्यवहार अनुगमन, सवारी साधनको उचित व्यवस्थापन र विश्लेषणात्मक सुविधाले फ्लीट व्यवस्थापनमा सहजताको अनुभूति जस्ता फाइदा हुनेछ।