नेपाल क्लियरिङ हाउसको सञ्चालकमा महेश ढकाल र जगदीश दहाल नियुक्त

बिजमाण्डू
२०७९ चैत्र १५ गते १८:०३ | Mar 29, 2023
नेपाल क्लियरिङ हाउसको सञ्चालकमा महेश ढकाल र जगदीश दहाल नियुक्त


काठमाडौ। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को संचलाक समितिमा दुई नयाँ सञ्चालक नियुक्त भएका छन्।

Tata
GBIME
NLIC

वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल संचालक पदमा नियुक्त भएका छन्।

स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दहाल नियुक्त भएका छन्।

एनसीएचएलको २०६औं संचलाक समितिको बैठकले ढकाल र दहाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुमार्फत प्रवर्द्धित कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ।

एनसीएचएलले राष्ट्रियस्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ।