‘नेपालका राष्ट्रिय विभूतिहरु’ नारासहित एभरेष्ट बैंकको कर्पोरेट क्यालेन्डर सार्वजनिक



२०७९ चैत्र १४ गते १७:२७
‘नेपालका राष्ट्रिय विभूतिहरु’ नारासहित एभरेष्ट बैंकको कर्पोरेट क्यालेन्डर सार्वजनिक


काठमाडौं। नेपालको कला, संस्कृति, भाषा-भेषभुषा तथा पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एभरेष्ट बैंकले २०८० सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ।

Tata
GBIME

बैंकले कला, संस्कृतिलाई समेटेर निरन्तर रुपमा क्यालेन्डर प्रकाशन गर्दै आएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा कर्पोरेट क्यालेन्डर सार्वजनिक गरिएको हो।

‘नेपालका राष्ट्रिय विभूतिहरु’ भन्ने नारासहितको २०८० सालको क्यालेन्डर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा अनावरण गरेका हुन्।

कार्यक्रममा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरु तथा बैंकका तर्फबाट बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई र बजार तथा संस्थागत निक्षेप प्रमुख पुष्पराज उप्रेतीको समेत उपस्थित थिए।

कार्यक्रमा सचिव अधिकारीले एभरेष्ट बैंकले यस्ता विषयवस्तुमा आधारित क्यालेन्डर प्रकाशन गर्नाले समग्र जातजाती, भूगोल तथा पर्यटन प्रर्वद्धनमा विशेष भूमिका निर्वाह गर्ने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले नेपाली कला संस्कृति, पर्यटन तथा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभूतिहरुलाई सम्मान गर्न यस विषयवस्तुलाई चित्रण गरेको बताए।