खराब ऋण बढेपछि गभर्नर अधिकारी आज याक एण्ड यती होटलमा बैंकर्ससँग छलफल गर्दै



२०७९ चैत्र १३ गते १०:१७
खराब ऋण बढेपछि गभर्नर अधिकारी आज याक एण्ड यती होटलमा बैंकर्ससँग छलफल गर्दै


काठमाडौं। ऋण उठ्न छाडेर अवस्था असहज बन्दै गएपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग छलफल गर्ने भएको छ।

Tata
GBIME

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार तीन बजे याक एण्ड यती होटलमा बैंकका प्रमुख कार्यकारीहरुसँग छलफल गर्ने भएको हो।

नियमन विभागले ‘समसामयिक बिषयमा’ भन्दै प्रमुख कार्यकारीहरुलाई निम्तो पठाएको छ। कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु पनि उपस्थित हुने छन्।

नियमन विभागले पावर पोइन्ट प्रिजेन्टेसन दिने छ भने सुपरिवेक्षण विभागका तर्फबाट पनि बैंकहरुको अवस्था र अभ्यासका बारेमा टिप्पणी गरिने छ।

त्यसपछि प्रमुख कार्यकारीहरुलाई बोल्न दिइने छ। बैंकरले मूलत: खराब ऋण बढेको,  यसले समस्या डरलाग्दो बनाउँदै लगेको र यसलाई समाधान गर्न राष्ट्र बैंकले नरम नीति लिनुपर्ने धारणा सार्वजनिक गर्ने बैकर्स संघका एक अधिकारीले जानकारी दिए।