
काठमाडौं। नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले क्वालिटी बिल्डर्स एण्ड इन्जिनियरिङलाई ठेक्का तोडेर कालोसूचीमा राख्ने तयारी थालेको छ।
संस्थानले उक्त निर्माण कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गरी किन कालोसूचीमा नराख्ने बारे स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
यस संस्थान र क्वालिटी बिल्डर्स एण्ड इन्जिनियरिङबीच खरिद सम्झौता भएको ठेक्काको निर्माण कार्य सम्पन्न गर्न विभिन्न समयमा लिखित तथा मौखिक ताकेता गरिएको थियो।
तर यसरी ताकेता गर्दा समेत हालसम्म पनि निर्माण कार्य सम्पन्न गर्न कुनै तदारुकता नदेखाएकाले ठेक्का तोड्न लागिएको संस्थानले जनाएको छ।
संस्थानले कम्पनीलाई सूचना प्रकाशित मितिले ७ दिनभित्र किन कारवाही गरी कालोसूचीमा नराख्ने ? सो को स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
साथै, निर्माण कार्य सुरु गरी कार्य सम्पन्न गर्ने सुनिश्चितता एवं संशोधित कार्य तालिकासहित अनिवार्य कार्यालयमा उपस्थित हुन समेत संस्थानले आग्रह गरेको छ।