
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य हप्ता दिनमै प्रति ब्यारल १४ प्रतिशतसम्मले गिरावट आएको छ।
विश्व अर्थतन्त्रमा फराकिलो कमजोरीको डर पैदा गर्ने विश्वव्यापी बैंकिङ उथलपुथलका कारण डब्ल्युटीआई कच्चा तेलको मूल्य शुक्रबार ३ प्रतिशतले घटेर ६६ डलर प्रति ब्यारलमा पुगेको छ। जुन डिसेम्बर २०२१ यताकै सबैभन्दा न्यून स्तरको नजिक पुगेको छ।
यो वर्ष डब्ल्युटीआइको मूल्यमा प्रति ब्यारल ३३.६९ प्रतिशतले गिरावट आएको छ।
अमेरिकी तेल बेन्चमार्क ब्रेन्टको मूल्यमा प्रति ब्यारल यस हप्ता लगभग १४ प्रतिशतले गिरावट आएको छ। जसले यस वर्षको सबैभन्दा तीव्र साप्ताहिक गिरावट भएको छ। यो वर्ष ब्रेन्टको मूल्यमा प्रति ब्यारल ३०.८० प्रतिशतले गिरावट आएको छ।
यस्तै, अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्यमा पनि गिरावट आएको छ। जसमा पछिल्लो हप्ता ग्यासमा ६.५६ प्रतिशतले गिरावट आएको छ। यस्तै यो वर्षभरीमा ५२.५१ प्रतिशतले मूल्यमा गिरावट भएको छ।
साउदी अरेबिया र रसियाका प्रतिनिधिहरूले बजार सन्तुलन र स्थायित्व प्रवर्द्धन गर्ने प्रयासहरूबारे छलफल गरिरहँदा लगानीकर्ताहरूले ओपेक प्लसबाट आउने सम्भावित प्रतिक्रियालाई नजिकबाट हेरिरहेका छन्।
साउदी अरबका ऊर्जामन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानले भर्खरै ओपेक प्लस अक्टोबरमा वर्षको अन्त्यसम्म उत्पादन कटौतीमा सहमत हुने बताएका छन्।
ओपेकले सन् २०२३ मा देशको तेलको माग वृद्धिको लागि आफ्नो प्रक्षेपण बढाएसँगै लगानीकर्ताहरू चिनियाँ मागमा रिबाउन्डको बारेमा पनि आशावादी छन्।
अमेरिकी कच्चा तेलको लागि वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआइ) बेन्चमार्क संसारको सबैभन्दा सक्रिय रूपमा व्यापार हुने वस्तु हो।
नेपालमा पनि पछिल्लोपटक भारत बाट आउने नयाँ मुल्यसूचीमा पेट्रोल र डिजलको मूल्य घटेर आएको छ। यसले गर्दा निगम १५ दिनमा लगभग ६० करोड रुपैयाँ नाफामा छ।