मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त गाभिने, बराबरी हैसियतमा गाभिने सहमति



२०७९ चैत्र ३ गते ०९:५४
मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त गाभिने, बराबरी हैसियतमा गाभिने सहमति


काठमाडौं। मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त बीच मर्जर हुने भएको छ। दुई संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

TATA
GBIME

समझदारी पत्रमा मानुषी लघुवित्तका अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्तको समान चुक्ता पुँजी छ। दुवै संस्थाले सर्वसाधारणमा शेयर जारी गरिसकेका छन्।

मर्जरपछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने छ।

मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३/३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरिने छ। मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको छ।

श्रृजनशील लघुवित्तले देशभर ३३ वटा शाखा मार्फत ४१,९४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ जिल्लामा ३६ वटा शाखा मार्फत ३४,३८७ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ।  


Sunrise Bank