ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा १०% छुट

बिजमाण्डू
२०७९ चैत्र ३ गते ०९:२८ | Mar 17, 2023
ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्ट क्यूआरमार्फत सामान किन्दा १०% छुट


काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

Tata
GBIME
NLIC

योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ।

एक पटकको खरिदको १०० रुपैयाँसम्म र योजना अवधिभर ३०० रुपैयाँसम्म डिस्काउन्ट पाइनेछ।

यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ।