
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा उच्च गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, निक्षेप ११ अर्ब रुपैयाँले घटेको हो।
मंगलबारको तुलनामा बुधबार निक्षेपमा उच्च गिरावट देखिएको हो। खासगरी इण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थको भुक्तानी गर्दा ठूलो रकम बाहिरिएको हो।
अहिले बैंक तथा वित्तीय संस्थासँग ५४ खर्ब २ अर्ब निक्षेप छ। यो ५४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको थियो।
बैंक तथा वित्तीय संस्थाको ऋण लगानी पनि ५ अर्बले घटेको छ। ४८ खर्ब १७ अर्बको लगानी ४८ खर्ब १२ अर्बमा झरेको हो। बाणिज्य बैंकहरुको ऋण लगानी ४२ खर्ब ७५ अर्बबाट ४२ खर्ब ७० अर्बमा आएको छ।
बैंकहरुको सीडी रेसियो ८५.६९ प्रतिशत कायम भए छ। अन्तर बैंक ब्याज दर ७ प्रतिशत हाराहारीमा चलिरहेको छ।