टिकटकलाई फेरि अमेरिकाको चेतावनी, बिक्री नगरे एपलाई प्रतिबन्ध लगाउने

बिजमाण्डू
२०७९ चैत्र २ गते १२:३७ | Mar 16, 2023
टिकटकलाई फेरि अमेरिकाको चेतावनी, बिक्री नगरे एपलाई प्रतिबन्ध लगाउने

अमेरिकी सरकारले चिनियाँ कम्पनी ‘बाइट डान्स’को स्वामित्वमा रहेको टिकटक बिक्री गर्न वा प्रतिबन्ध सहन तयार रहन भनेको छ। अमेरिकामा टिकटकले प्रयोगकर्ताहरुको ‘डाटा’ प्रयोग गरिरहेको भन्दै अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको हो।

Tata
GBIME
Nepal Life

यसअघि पनि ‘डाटा’ को विषयलाई लिएर अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ। सन् २०२० मा राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा टिकटकलाई प्रतिबन्ध लगाउने चेतावनी दिइएको थियो।

अमेरिकाले भने चिनियाँ कम्पनीको यो एपबाट अमेरिकी नागरिकको ‘डाटा’ चीन सरकारसँग पुग्न सक्ने भन्दै वर्षौंदेखि सतर्कता अपनाउनुपर्ने बताउँदै आएको छ।

टिकटकले भने अमेरिका भित्रका डाटा ‘प्रोजेक्ट टेक्सस’ अन्तर्गत सबै अमेरिकाभित्रै रहने र बाहिर नजाने व्यवस्था गरेको दाबी गरेको छ।

सूचना चुहिने डरले अमेरिका, क्यानडा र युरोपियन युनियन अन्तर्गतका देशहरुका सरकारी कर्मचारीको स्मार्टफोनमा टिकटकमाथि प्रतिबन्ध लगिसकेको छ।

सूचना चुहिने आरोपलाई लिएर टिकटकका प्रमुख कार्यकारी अधिकृत जी चिउले आउने हप्ता अमेरिकी कंग्रेसमा स्पष्टिकरण दिने तयारी समेत गरेका छन्।